हेटौंडा । बागमती प्रदेशका बिभीन्न डिभीजन वन कार्यालय र मातहतका कार्यालयको सक्रियता नहुँदा जंगलमानै १७ करोड ६१ लाख ८५ हजार मल्य बराबरका साल र अन्य जातका काठ कुहिने अवस्थामा रहेका छन् । जंगलमानै रहेका सालका काठ वषौ अगाडि देखिका पनि रहेका छन् । आर्थिक वर्ष २०७७–०७८ सम्ममा करोडौं रुपैयाँ मुल्य बराबरका काठ जंगलमानै कुहिने अवस्थामा पुग्दा पनि सम्वन्धीत वन कार्यालयहरुले चासो नदिएका हुन् ।
प्रदेशका बिभीन्न जिल्लाका वनहरुमा साल जातका ५ लाख ३७ हजार ८८ क्युफिट काठ र अन्य विभीन्न जातका ४१ हजार ५१ क्युफिट काठ मौज्दात रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेछ । यी काठ वषौदेखि वनमै कुहीएर रहेका र केही वर्ष अगाडिका काठ पनि रहेका छन् ।
यस्तो छ महालेखाको प्रतिवेदन