काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ।
मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टी भएको हो। उनलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो।
सोमबारदेखि नै चिकित्सकको निगरानीमा पुग्नु भएका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। उनलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो।