१३ साउन,मक्रान्चुली- मकवानपुरको ऐतिहासिक मकवानपुरगढी क्षेत्रमा रहेको सानोगढी प्रवेशद्धारमा गेट निर्माण गरिएको छ । पुरानो गोरख गणले ठेक्का प्रणाली मार्फत निर्माण गरिएको प्रवेशद्धारको गणका प्रमुख सेनानी सुभाषचन्द्र महत र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानले शुक्रबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
२८ नम्बर बाहिनी अड्डाका बाहिनीपति हिम्मत बहादुर विष्ठको उपस्थितीमा मकवानपृुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अधयक्ष एवम् गढी संरक्षण समितिका बखानसिं पाख्रीनलाई स्वामित्व हस्तान्तरण गरिएको छ ।
मुल प्रवेशद्धार सहित सानोगढीका चारकिल्लामा तारबार निर्माण गरिएको छ । उक्त कार्य बंशगोपाल कन्सट्रक्सन प्रालिले १४ लाख ५७ हजार २९० रुपैयाँमा ठेक्का पारी निर्माण गरेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन,वडा सदस्यहरु,निर्माण कम्पनीका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। यस भन्दा पहिले खुला प्रवेश रहेको र तारबार नभएकाले संरक्षणमा समस्या देखिएको थियो ।
सम्वन्धित समाचार
Add A Comment