हेटौंडा / टाेल विकास संस्था वडा समन्वय समिति हेटौंडा-१३ काे अधिवेशनबाट बालकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित भएको छ ।
वडा समन्वय समितिकाे शुक्रबार सम्पन्न अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार संगिता वाइबालाइ ३५ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । कुल ७३ मत खसेकोमा श्रेष्ठले ५४ मत र बाइवाले १९ मत प्राप्त गरेकी थिइन ।
अधिबेशनले उपाध्यक्षमा बगान सिङ्ग थिङ्ग, सचिबमा सौराज थिङ्ग र कोषाध्यक्षमा कमला नेपाली सर्बसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार डिमडुङ्ग, उमा लोप्चन, भिम बहादुर थिङ्ग, उद्दब दंगाल, जगन्नाथ पौडेल, त्रीप्ती लोप्चन र बसुन्धारा गौतम निर्वाचित भएका छन ।
हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा १३ का वडा अध्यक्ष पेम्बा लामा, टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी, महासचिव शिवहरि दाहाल, सदस्य राम बहादुर वाइवा, केशब अर्याल लगायत विभिन्न सामाजिक वक्तित्वहरुको उपस्थिति रहेको थियो ।