युवा रेडक्रस सर्कल हेटौंडा र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको आयोजनामा हेटौंडामा आयोजित तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्लाको टोलि बिजयी भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार पशुपति मन्दिरको सभाहलमा सम्पन्न प्रतियोगितामा जुम्ला जिल्लाको दिपक खत्री र लोकराज अबस्थीको टोलि बिजयी भएको हो ।
त्यस्तै गोरखा जिल्लाको प्रेम पाठक र लक्ष्मण बसेलको टोलि द्वितीय र मकवानपुर जिल्लाको सुशील भण्डारी र पुजन न्यौपानेको टोलि त्रितीय भएको छ ।
प्रतियोगितामा प्रथम भएको जुम्लाको टोलिले २५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेका छन । यसैगरी द्वितीय हुने गोरखाको टिमले १५ हजार रुपैयाँ र तृतीय हुने मकवानपुरको टोलिले १० हजार रुपैयाँ नगर र मेडल प्राप्त गरेको युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाले बताउनुभयो ।
जिल्ला युवा समितिको कार्यालय मकवानपुरको समन्वयमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख सानू कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने तथा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एसका द्रोश्रो गभर्नर टासी डोल्मा टुम्बाहाम्फेले मन्त्ब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सचिब किशन घिसिङ्ग, कोषाध्यक्ष हिक्मत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगर पुरस्कार राशी र मेडल प्रदान गरिने युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडाले जानकारी दिनुभयो । यसैगरी द्वितीय हुने टिमलाई १५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार राशी र मेडल प्रदान गरिने अध्यक्ष खतिवडाले बताउनुभयो ।
अन्तर पुस्ताको ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकारसाथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने गरिन्छ ।