३१ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ५ भालुखोलामा रहेको उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि. मा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल (फेकोफन) को सहयोग तथा केन्द्रिय दुग्ध सहकारी संघ लि. को संयोजनमा तालिमको आयोजना गरिएको हो ।
असल दुग्ध उत्पादनमा कृषकको पहिलो भुमिका हुने भएकोले दुग्ध उत्पादन गरिरहेका कृषकलाई तालिम दिइएको हो । तालिममा उज्वल दुग्ध सहकारी संस्थामा आबद्ध ३० जना कृषकहरूको सहभागी रहेको थियो ।
केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सोमबारदेखि शुरु गरिएको तालिमको मंगलबार समापन गरिएको छ । उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको सभाध्यक्षतामा तालिमको समापन गरिएको हो ।
दुई दिनसम्म संचालन भएको तालिमको सहजीकरण मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द शर्मा तिमल्सिना र मकवानपुरगढी गाउँपालिका कार्यालयका पशु विकास शाखा प्रमुख सत्यनारायण साहले गर्नुभएको थियो ।
सम्वन्धित समाचार
Add A Comment