
१९ भाद्र,काठमाडौं- लामो समय देखि संगीत क्षेत्रमा लाग्नु भएका मकवानपुरका गायक तथा संगीतकार चेतन सापकोटा संगीतकार संघ नेपालको अध्यक्षमा चुनिएका छन् । काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारण सभाले सापकोटालाई संघको अध्यक्ष पदमा चयन गरेको हो । भेलाले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् भने महासचिवमा बसन्त सापकोटा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा चयन भएका छन् ।
कार्यक्रममा संगीतकार संघका संस्थापक अध्यक्ष एवं संरक्षक शम्भुजीत बास्कोटा , संगीतकार दिपक जंगम , प्रकाश गुरुङ , बुलु मुकारुङ लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अनलाइनखबर डटकममा आवद्ध रहेका पत्रकार विष्णु शर्मालाई ११ हजार १११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने बाल प्रतिभा पुरस्कार बाल गायिका पुजा देवकोटा र बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको संघका नवनिर्वाचित अध्यक्ष चेतन सापकोटाले बताएका छन् ।