६ असोज,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.१,आँपटारमा बिहिवार भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि प्रारम्भिक छलफल एवम् अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
वडा नं १ का वडाध्यक्ष आईत सिं लोको सभाध्यक्षतामा भएको कार्यक्रममा भु-उपयोग ऐन २०७६ तथा भु-उपयोग नियमावली २०७९ मा भएका व्यवस्थाहरुको वारेमा जानकारी गराईएको थियो । जसमा विशेष गरेर जमिनको कृषि क्षेत्र र आवासीय क्षेत्र वर्गीकरणका विषयमा अभिमुखीकरण गरिएको कार्यक्रममा सहभागी रहनुभएका गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभएको छ ।
कार्यक्रममा वडा न. १ का वडा सदस्यहर, राजनैतिक दलका प्रतिनिधीहरु, टोल विकास संस्था, सहकारी संस्था, सामुदायिक वनका अध्यक्ष एवम् प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । वडा सचिव अर्जुन प्रसाद चौलागाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।
सम्वन्धित समाचार
Add A Comment