हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा सञ्चालन भएको चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा महिलातर्फ १७ नम्बर वडाले ५ नम्बर वडालाई २६–२४, १३–२५, ९–२५ र १५–२५ को सेटमा हराएको हो । पहिलो सेटमा ५ नम्बर वडासंग पराजित भएपनि खेलमा ‘कमब्याक’ सहित १७ ले उपाधि जितेको हो ।
सेमिफाइनलमा १७ नम्बरले १९ लाई र ५ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
महिलातर्फको विजेता १७ नम्बर वडाले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता ५ नम्बर वडाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा महिलातर्फ १० वटा वडाले सहभागिता जनाएका थियो ।-prastakhabar
सम्वन्धित समाचार
Add A Comment