हेटौंडा । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हरायो ।
नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।
योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पु¥याएका छन् । यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना एक गोल फर्काए ।
सम्वन्धित समाचार
Add A Comment