हेटौँडा । हेटौँडामा अटो र मोटरसाईकल ठोक्कीएर दुर्घटना हुँदा एकै परिवारका ५ जना सहित ६ जना घाईते भएका छन् ।
हेटौँडा–१९ तीनपाप्केमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्र०३–००२प ९१२३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना १ ह ९७०५ नम्बरको अटो एक–आपसमा ठोक्कीदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–४ हाड खोला मसिने बस्ने ४३ वर्षीय तिर्थ राज केसी, अटो चालक सोही स्थान बस्ने ३५ वर्षीय टंक बहादुर राक्से, बुबा ६० वर्षका जितबहादुर राक्सेउनका भाई २७ वर्षीय बिजय कुमार राक्से, श्रिमती ३३ वर्षीय शर्मिला राक्से र छोरा १० वर्षीय सक्सेस राक्से घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
घाईतेहरुको हेटौँडामा उपचार भैरहेको प्रहरीको भनाई छ ।-khabarbreak