२२ कार्तिक,मकवानपुरगढी- संयुक्त राष्ट्र संघको आव्हानमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ ( International year of Millet, 2023 ) नेपालमा पनि मनाइने भएको छ ।
कोदोजन्य बालीहरुको प्रचार प्रसार गरि आम सरोकारवालाहरु वीच यसले स्वास्थ्यको लागि फाइदा एवम् जलवायु परिवर्तन अनुकुलताको गुणवारे सचेतना वृद्वि गर्नेछ । कोदोजन्य बालीको उत्पादन, उपभोग र मूल्य श्रृंखला विकासमा टेवा पुर्याई दिगो र उत्थानशील खाद्य तथा कृषि प्रणालीको विकासमा योगदान गर्ने कार्यक्रमको उदेश्य रहेको छ ।
यसै सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, हरिहर भवन, श्रीमहल, ललितपुरले लोगो र नाराको लागि सूचना आव्हान गरेको छ ।
सम्वन्धित समाचार
Add A Comment