हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
कार्यालयको शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू प्रवाह नहुने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीहरू मतदान केन्द्रमा खटिने भएको पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कंडेलले बताए ।
कंडेलका अनुसार मंसिर १ गते विहिबारदेखि मंसिर ५ गते सोमबारसम्म बन्द हुनेछ ।