सोलुखुम्बु : सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


घटनामा संलग्न भएको आरोपमा एमालेका विशाल राई तथा गठबन्धनका विकास राई र सुजन राईलाई प्रहरीले नियन्त्रण लिई सोधपुछ गरेर छाडिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए।
मौन अवधिको समयमा गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई आर्थिक प्रलोभनमा पार्दै हिँडेको अवस्थामा झडप भएको एमाले पक्षले दाबी गरेको छ भने अन्य काममा हिँड्दै गरेको अवस्थामा एमाले कार्यकर्ताहरुले आक्रमण गरेको गठबन्धनले आरोप लगाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1