हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा स्कुटरले ठक्कर दिदा एकजना पैदलयात्रु घाइते भएका छन्।


चितवन बाट हेटौडा बजार आउदै गरेको प्रदेश ३-०३-००१ प नम्बरको स्कुटरले ठक्कर दिदा पैदलयात्री राक्सिराङ १ बस्ने बर्ष १४ बर्षीय सन्त सिं प्रजा घाइते भएका छन्।बाटो काट्ने क्रममा प्रजालाई स्कुटरले ठक्कर दिएको हो।
उक्त दुर्घटनामा स्कुटर चालक हेटौंडाकी अन्दाजी ३९ बर्षीय बिनु थापा मगर समेत घाइते भएकी मकवानपुर प्रहरीले जनाएको छ।
घाइतेको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर लगिएको जनाइएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1