हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समयमा समाचार सङ्कलनका लागि यस पटक जिल्ला प्रशासन कार्यालयबाट जारी पास नचाहिने भएको छ।


निर्वाचनको समाचार संकलन गर्न सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ मकवानपुर र आफु आवद्धता रहेको मिडिया हाउस आदिकारीक कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने भएको हो।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शुक्रबार सुचना जारी गर्दै सुचना तथा प्रशारण विभाग, सञ्चार रजिष्ट्रार कार्यालयले जारी गरेको परिचय पत्र, नेपाल पत्रकार महासंघका कार्ड र सम्बन्धित निकायमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सुचीकृत भएका मिडिया हाउसले जारी गरेका कार्ड प्रयोग गरि समाचार संकलन गर्न मिल्ने महासंघका अध्यक्ष मणिराज गौतमले बताए।
निर्वाचनको दिन सुरक्षाकर्मीले प्रष्ट देखिनेगरी कार्ड लगाउने, सवारी साधनमा दुई पाङ्ग्रेमा २ जना र चारपाङ्ग्रेमा सवारी चालक बाहेक सिट संख्याको आधारमा संचारकर्मीहरु मात्र आवतजावत गर्न पाइने सुचनामा उल्लेख छ । संचारकर्मीहरुले कार्डको दुरुपयोग नर्गन समेत महासघले आग्रह गरेको छ।
