• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान 

✎ शुभसमय२०७९ मंसिर ४ गते, आईतवार ०७:५४ 5 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा रहेकाे असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ ।

२०४८ सालदेखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः त्यही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि  त्यही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरमा रहेकाे मतदान केन्द्रमा मतदान गर्नुहुने उहाँका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ मा रहेकाे ज्योति आधारभूत विद्यालयमा मतदान गर्नुहुने छ । उहाँ रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभाअन्तर्गत आज भइरहेकाे चुनावमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै हुनुहुन्छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नुहुने छ ।

अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न हिजाे दिउँसाे चितवन पुग्नुभएकाे उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेकाे मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ मा रहेकाे रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै हुनुहुन्छ । त्यही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ ।

यस्तै लोकतान्तिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नुहुनेछ । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ मा रहेकाे डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । उहाँ सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयमा रहेकाे केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाण्डौ–३०, मैतीदेवी मन्दिरमा रहेकाे मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डाै–१६ पकनाजोलमा रहेकाे नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नुहुनेछ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै हुनुहुन्छ । उहाँ सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुमा रहेकाे मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । श्रेष्ठ काठमाण्डाै  क्षेत्र नं ७ का उम्मेदवार हुनुहुन्छ ।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ मा रहेकाे केएएमबी माविबाट मतदान गर्दै हुनुहुन्छ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्नुहुने जनाइएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा रहेकाे मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नपामा रहेकाे अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाण्डौ–५ मा रहेकाे टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष  विष्णुप्रसाद पौडेलले बुटवल–८ मा रहेकाे पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै हुनुहुन्छ ।

एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नुहुनेछ । संविधान सभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नुहुनेछ । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नुहुनेछ । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नुहुनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जामा रहेकाे पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउनु हुनेछैन । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक चुनावमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा रहेकाे युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपामा रहेकाे टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरमा रहेकाे मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्नुहुने छ  ।

आयुक्त डा.जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीमा रहेकाे फैमालचुली मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.