हेटौँडा । मकवानपुरमा मतगणनाको सम्पूर्ण तयारी पुरा भएको छ । सर्वदलीय बैठक सम्पन्न भएको छ भने मतगणना बिहान ११ बजेबाट गर्ने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।
दुई प्रतिनिधिसभा, ४ प्रदेशसभा तथा समानुपातिक मत एकै पटक गणना हुने उनको भनाई छ । हेटौँडा–२ को सिद्धार्थ माविमा मतगणनाकोलागि १० वटा स्थान तयार पारिएको छ ।