
७ मंसिर,हेटौंडा- मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं- १ अन्तर्गत प्रदेश सभा (२) मा नेकपा एमालेका उमेदवार एकालाल श्रेष्ठले गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार आनन्दराम पराजुली लाई पराजित गर्दै विजयी भएका छन् ।
एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ८ सय ६९ मतान्तरले पराजित गरेका हुन् ।
४ मंसिर आइतबार भएको मतदानमा प्रदेशसभा (ख) मा ४५ हजार २ सय ५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २ सय २५ मत ल्याउँदै जित निकाले । पराजुलीले १३ हजार ३ सय ५६ मत ल्याएका छन् ।
त्यस्तै राप्रपाका गुञ्जनबहादुर न्याैपानेले १२ हजार ५ सय ७७ मत पाएका छन् ।
क्षेत्र नम्वर–२ को (२) मा कांग्रेसका बानियाँ विजयी:
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेश सभा (२) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँ १८ हजार ७१६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ९३४ मत मात्रै पाएका छन् ।
बानियाँले थापालाई १ हजार ७८२ मत अग्रताका साथ जित हात पारेका हुन् । बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मतका साथ निर्वाचित भएका थिए ।