७ मंसिर, हेटौंडा- प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उमेदवार विरोध खतिवडालाई १५५८ मतले पछि पार्दै अग्र स्थानमा रहेका छन् ।
५७३०७ मत गणना हुँदा एमालेका बर्तौलाले २२५५८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले २१००० मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ७८१७ मत प्राप्त गरेका छन् । अझै मतगणना जारी रहेको छ ।
यस अघि प्रदेश सभा अन्तर्गत क्षेत्र नं १(२) मा एमालेका एकालाल श्रेष्ठ र २(२) मा गठबन्धनका तर्फबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
सम्वन्धित समाचार
Add A Comment