११ मंसिर,हेटौंडा- हेटौंडेली लोक गायिका सरु कार्की र चर्चित लोकदोहोरी गायक राजु परियारको स्वरमा रहेको मौलिक लोक दोहोरी ‘बाध्यता’गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको भिडियोमा मायालु प्रेमिल जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ । गितमा राजु परियारको शब्द तथा लय सिर्जना रहेको छ ।
सन्तोष तिम्सिनाको छायाँकन , रोशन धितालको सम्पादन तथा मिलन श्रेष्ठको निर्देशन भिडियो तयार भएको छ । ‘बाध्यता’ गीतको भिडियोमा विनोद कुमार श्रेष्ठ , जुना कार्की र सन्तोष थापाको अभिनय देख्न सकिन्छ ।
गायिका कार्कीले सबै दर्शकहरुलाई भिडियो हेरिदिन आग्रह गरेकी छन् । भिडियो क्लिक गरि हेर्न सकिने छ ।