• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमती प्रदेश : दुवै सदनमा कांग्रेस पहिलो बन्दा एमाले तेस्रो

✎ शुभसमय२०७९ मंसिर १२ गते, सोमबार १४:०४ 3 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा : बागमती प्रदेशको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा नेपाली कांग्रेसले छलाङ मार्दा नेकपा एमाले तेस्रोमा खुम्चिएको छ। 

मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै सदनमा सबैभन्दा धेरै सिट जित्दै कांग्रेसले छलाङ मार्दा एमाले तेस्रोमा खुम्चिएको हो। बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन्। जसमा प्रदेशको एक क्षेत्र बाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ।

प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुने भएको छ। दोलखाबोहक अन्य ३२ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले १३ स्थानमा जीत हात पारेको छ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ४ सिट मात्रै जितेकोमा यो निर्वाचनमा उसले सो संख्यालाई ३ गुणाले बढाएको छ। कांग्रेसले काठमाडौंमा ५ तथा सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा एक–एक सिट जितेको छ। 

कांग्रेसले काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्र, ललितपुर–२, धादिङ–२, नुवाकोट–२, सिन्धुपाल्चोक–२, सिन्धुली–२ र भक्तपुर–२ नम्बर क्षेत्रमा चुनाव जितेको हो। त्यस्तै कांग्रेसले एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा पनि चुनाव जितेको छ।  

०७४ मा बाम गठबन्धन हुँदा प्रदेशको आधा भन्दा बढी सिटमा जितेको एमाले भने अहिले ४ सिटमा खुम्चिएको छ। सो समयमा एमालेले बाम गठबन्धन हुँदा प्रदेशको २१ वटा सिटमा जितेको थियो। एमाले काठमाडौं, मकवानपुर, ललितपुर, काभ्रेमा एकएक गरी ४ स्थानमा निर्वाचित भएको छ। 

एमालेले काठमाडौं–९, मकवानपुर–२, काभ्रे–२ र ललितपुर–२ नम्बर क्षेत्रमा जितेको छ। अघिल्लो निर्वाचनमा पहिलो बनेको एमालेलाई तेस्रो स्थानमा झार्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशबाट प्रतिनिधिसभामा धेरै सिट जित्ने दोस्रो पार्टी बनेको छ। हालै गठित सो पार्टीले प्रतिनिधिसभातर्फ बागमती प्रदेशको ७ क्षेत्रमा चुनाव जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको २, ६, ७, ८, ललितपुर–३, चितवनको १ र २ नम्बर क्षेत्रमा चुनाव जितेको छ। 

यस्तै माओवादी केन्द्र पनि यस पटकको निर्वाचनमा ४ सिटमा सीमित भएको छ। यसअघिको निर्वाचनमा माओवादी केन्द्रले प्रदेशका ७ वटा क्षेत्रमा जितेको थियो।

नेकपा माओवादी केन्द्रले सिन्धुली, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एकएक सिट गरी ४ सिटमा जितेको छ। माओवादीले नुवाकोट–१, सिन्धुली–१, काभ्रे–१ र सिन्धुपाल्चोक–१ मा जितेको हो। राप्रपाले मकवानपुर–१ र चितवन–३ मा चुनाव जितेको छ भने एकीकृत समाजवादीले धादिङ–१ मा चुनाव जितेको छ। यस्तै नेपाल मजदुर किसान पार्टीले विगतको आफ्नो विरासत जोगाउँदै भक्तपुर–१ मा जित निकाल्न सफल भएको छ। 

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत् मध्ये ६४ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। दोलखाको २ वटा निर्वाचन क्षेत्रबाहेक प्रदेशको अन्य ६४ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको हो। 

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार बागमती प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ। कांग्रेसले २४ सिटमा हात पार्दा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा रहेको छ। नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ  । 

गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको थियो। प्रत्यक्षतर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिकसहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो। तत्कालीन समयमा वाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो। 

सो निर्वाचनमा कांग्रेसले काठमाडौंको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो। यो पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ। गत निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १२ सिट मात्र जितेको छ। २०७४ मा बाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले २०७४ को निर्वाचनमा १५ स्थानमा जितेको थियो। यस निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ। 

यस्तै राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १\१ सिट जितेको छ। हाम्रो नेपाली पार्टीले बागमती प्रदेशसभामा पहिलोपटक प्रवेश पाउने भएको छ भने राप्रपाबाट पनि पहिलोपटक प्रत्यक्ष निर्वाचित सांसद प्रदेश सभा जाने भएका छन्। राप्रपाले यस पटक प्रत्यक्षमा मात्र सात मात्र सिट जितेको छ। अघिल्लो पटक बागमती प्रदेशसभामा राप्रपाबाट दुईजना समानुपातिक सांसद मात्रै थिए। तर, यो  निर्वाचनमा राप्रपाले प्रत्यक्ष रूपमा नै ७ सिटमा सानदार जीत हात पारेको छ भने समानुपातिकमा पनि राम्रै मत पाएको  देखिन्छ।-thahakhabar

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.