एजेन्सी- अभिनेता प्रदिप खड्का बलिउडका चर्चित कलाकार नाना पाटेकरसँग देखिएका छन् । निर्माता सन्तोष सेनले सामाजिक संजालमा सार्वजनिक गरेको एक तस्वीरमा प्रदीप र सन्तोष नाना पाटेकरसँग देखिएका छन् । सन्तोषले कलाले कुनै देश र भाषा नभन्ने भन्दै बलिउडका सफल कलाकारसँगको तस्वीर सार्वजनिक गरेका हुन् ।


उनीहरुको भेट कहाँ र कुन अवसरमा भएको हो, त्यो खुलेको छैन । प्रदीपले बलिउड फिल्ममा काम गर्न लागेको खबरहरु सार्वजनिक भइरहेका बेला उनको नानासँगको तस्विर बाहिरिएको हो । केही हप्ता अगाडि बलिउडकै चर्चित नायिका सोनाक्षी सिन्हासँग देखिएका प्रदिप नानासँग देखिएका हुन् ।
एक फिल्मको प्रिमियरमा सोनाक्षी र प्रदीपले गफ गरेको खबर सार्वजनिक भएको थियो । सोनाक्षीले प्रदिपको प्रशंसा पनि गरेकी थिइन् । फिल्म ‘प्रेमगीत ३’मा काम गरेपछि नायक प्रदीप खड्काको सम्बन्ध मुम्बइसँग जोडिएको हो ।