मक्रान्चुली – मकवानपुरका दुई दम्पतीले आफ्नो बिवाह बर्षगाँठको अवसरमा विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं.५ का युवा व्यवसायी विक्रम घिमिरे र चन्द्र बन्जरा दम्पतीले आफ्ना बिवाह बर्षगाँठको अवसर पार्दै मकवानपुरगढी–५ कै उज्ज्वल र ज्योती प्राथमिक विद्यालयका सिसु कक्षादेखि ३ सम्म अध्ययनरत ७० जना छात्रछात्रालाई जाडो याममा लगाउने स्वेटर वितरण गरेका हुन् ।
घिमिरे र बन्जरा दम्पतीले बिहीबार मकवानपुरगढी–५को देउँरालीडाँडा र लिंङ्ग बिद्यालयमै पुगेर विद्यार्थीलाई कपडा बितरण गरेका हुन् । स्वेटर वितरण कार्यक्रममा वडासदस्य तथा ज्याति प्राथामिक विद्यालका अध्यक्ष सुकुराम थिङ, वडासदस्य अर्जुन बहादुर रुम्बा तामाङ, ज्याति प्राथामिक विद्यालयका प्रध्यानध्यापक ओमनाथ घिमिर, विद्यालका शिक्षकशिक्षिका, अविभावक लगायतको उपस्थिती रहेको थियो ।