८ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न. ८ ईपाखहरे बुढीचौर बस्ने कृषक छोयसाङ दोर्जे स्याङ्तानले ब्यवसायिक मौरीपालन गर्न शुरु गर्नु भएको छ । विभिन्न स्थानका मौरी व्यवसायीहरु सँगको छलफल र स्थलगत अवलोकन एवम् व्यवहारिक सिकाई पश्चात मौरी व्यवसायी बन्ने लक्ष्य सहित स्याङ्तानले कामको थालनी गर्नुभएको हो ।
आफ्नै गाउँमा मौरीपालन तथा मौरी घार उद्योग संचालनको लागि राम्रो सम्भावना देखेका स्याङ्तानले मौरीपालन सँगै मौरीको लागी घार र स्ट्याण्ड बनाउने कार्यको समेत शुरुवात गर्नुभएको छ । उहाँले अहिलेसम्म २५ वटा घार निर्माण गरिसक्नुभएको छ ।
शुक्रबार बूढीचौर यात्रा र कार्यक्रमको सिलसिलामा कृषक छोयसाङको घरमा आवश्यक सल्लाह र भलाकुसारी गर्ने अवसर प्राप्त भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।
यस क्षेत्रलाई मौरीपालन व्यवसायको विस्तार र व्यवस्थित गर्ने विषयमा सरकारी, सहकारी, निजी क्षेत्र र स्थानीय कृषकहरुको सहकार्यमा अगाडी बढाउन पहल गरिने चौधरीको भनाई रहेको छ । तरकारी खेती र पशुपालनका लागि उपयुक्त रहेको बुढीचौरमा मौरी पालनको पनि उत्तिकै सम्भावना रहेको उनी बताउँछन् ।
सम्वन्धित समाचार
Add A Comment