१२ पौष,मक्रान्चुली- मकवानपुरगढीमा धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।
बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको न्यूनतम समर्थन मूल्य कार्यान्वयन कार्यविधि, २०७९ अनुसार सम्झौता भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभएको छ ।
कृषि ज्ञान केन्द्र, चितवन र मकवानपुरगढी गाउँपालिकाका उत्पादक कृषक समूह/कृषि सहकारी तथा खरिदकर्ता सहकारी वीच धान खरिदको लागि त्रिपक्षीय सम्झौता भएको कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका कार्यालयमा भएको त्रिपक्षीय सम्झौतामा कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ कमला न्यौपाने , मिनबहादुर पुन लगायत कृषक प्रतिनिधि एवम् सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।