हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडास्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।भाटभटेनीले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले सुपर मार्केटको अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि जरिवाना गरेको हो ।
अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको कार्यालयले जनाएको छ ।-khabarbreak