पोखरामा आइतबार(आज) विमान दुर्घटना भएको छ । दुर्घटनामा परेको जहाज ९एन-एएनसी मा ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए । दुर्घटनामा परि मृत्यु भएका मध्ये ३२ जनाको शव निकालिएको छ ।
पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान १०:५१ मा सेती दोभानमा खसेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको (डेमो) जहाज नै दुर्घटनामा परेको हो ।
२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो ।
आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो ।
जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।