१ माघ,मक्रान्चुली- पोखरामा आज भएको यति एयरलाइन्सको विमान दुर्घटनामा दिवंगत भएकाहरु प्रति मकवानपुरगढीका युवाहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
वडा नं ३ को मक्रान्चुलीमा वडा नं ३ का वडा सदस्य बिदुर हुमागाईको उपस्थितिमा युवाहरूले मैन बत्ती बालेर दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन् । विमानको चित्र बनाई त्यसमा मैन बत्ती बालेर दिवंगत भएकाहरु प्रति १ मिनेट मौनधारण समेत गरिएको वडा सदस्य हुमागाईले बताए ।
आज बिहान काठमाडौंबाट ६८ यात्रु लिएर पोखराका लागि उडेको विमान पोखराको पुरानो विमानस्थल नजिकै १० बजेर ५१ मिनेटमा सेती नदिको खोचमा दुर्घटना ग्रस्त भएको थियो ।
चारजना चालक दल सहित ६८ जना यात्रु रहेको क्षेतीग्रस्त विमान बाट ६८ जनाको मृत्यु पुष्टि भएको र ४ जनाको भने अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ । नेपाल सरकारले शोक व्यक्त गर्दै भोली नेपाल अधिराज्यभर सार्वजनिक बिदा दिएको छ ।