संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
गएको १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे संसद बैठकमा जानकारी गराउँदै उहाँले यस्ता दुर्घटना दोहोरिन नदिन कार्ययोजना नै बनाएर अगाडि बढ्ने बताउनुभयो ।
दुर्घटनामा ज्यान गुमाएका ७२ मध्ये ७१ जनाको शव संकलन भएको र हराइरहेका एक जनाको खोजी भइरहेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।
त्रिवि शिक्षण अस्वतालमा भएका शवको पोस्र्टमार्टमपछि पीडितका परिवारलाई बुझाइने पनि उहाँले बताउनुभयो ।
उहाँले दुर्घटनाको अनुसन्धानका लागि आवश्यक सूचना संकलन गर्न निर्देशन दिइसकेको र त्यही अनुसार काम भइरहेको पनि बताउनुभयो ।
यसअघि संसद बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनको कार्यसूचीमा विमान दुर्घटनाको विषय समावेश नभएकोमा आपत्ति जनाउँदै यसबारे सरकारले सत्यतथ्य जानकारी गराउन माग गर्नुभएको थियो ।
संसदमा अहिले सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ ।