बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापा पुगेको छ। आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। बिहान काठमाडौंमा भिजिबिलिटी कम भएर अवतरण हुन नसक्दा विमान झापा डाइभर्ट भएको र अहिले मौसम सफा भएर काठाडौंका लागि उडिसकेको सिटौलाको भनाइ छ।


आज विहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1