प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोनम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गरी प्रचण्डले ल्होछारप्रेमी सुस्वास्थ्य, समृद्धि, प्रगतिको कामना गरेका हुन्। नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भन्दै उनले यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन्।
‘यहाँ बसोबास गर्ने सबै जाति/जातजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो’, उनको सन्देशमा उल्लेख छ, ‘यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो। यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’
उनले ल्होसार लगायत सबै साँस्कृतिक पर्व राष्ट्रिय संस्कृतिको परिचय भएको भन्दै यिनको प्रवर्धनमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्।