• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

१० करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

✎ शुभसमय२०७९ माघ ८ गते, आईतवार १५:२० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

म्याग्दी : पुस २८ गतेदेखि शुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला शनिवार सम्पन्न भएको छ।उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु. १० करोडको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोवार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौं।’महोत्सवका अवसरमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजातिको झाँकी, वेषभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पुर्‍याएको महोत्सवका सांस्कृतिक विभाग संयोजक सुविन श्रेष्ठले बताए।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा र्‍याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुर्ख्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनी लगायत आयोजना गरिएको थियो।महोत्सव स्थलमा व्यापारिक र अन्य गरी कुल २५८ स्टल राखिएको थियो। ती व्यापारिक स्टलहरूमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ। महोत्सवमा १ करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी र १ करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च भई ९ लाख ९ हजार ७८९ बचत भएको अध्यक्ष कटुवालले जानकारी दिए।परम्परागत रूपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा म्याग्दी महोत्सव आयोजना हुनेगरेको छ।

महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.