मधेश प्रदेशका दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी जसपा प्रवेश गरेका छन्।महोत्तरी जिल्लाको क्षेत्र नं २ को ख बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ क बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोद कुमार जैसवाल जसपा प्रवेश गरेका हुन्।आइतबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।


यससँगै मधेश प्रदेशमा जसपाको सांसद् संख्या १८ पुगेको छ। तेस्रो वरीयतामा रहे पनि यस प्रदेशमा जसपाका सरोज कुमार यादव मुख्यमन्त्री बनिसकेका छन्। उनले प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन्।उनलाई एमालेका २३, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसदको समर्थन छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1