• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या

✎ शुभसमय२०७९ माघ ८ गते, आईतवार १५:२८ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

जनकपुरधाम : यहाँका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ।करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुर उपमहानगरपालिका-८ का जगदीश साहका छोरा २१ वर्षीय  रोहित साह र वडा नम्बर  १३ निवासी रामबाबु साहको छोरा २२ वर्षीय  विष्णु साहको हत्या भएको हो।मृतक दुवैजना एकै परिवारका हुन्। मृतक विष्णुको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक आफ्नो नातेदारको घर गएका थिए। त्यसपछि गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरे।त्यसपछि अपहरणकारी २० लाख लिएर सर्लाही मलंगवा नाका नजिकमा बोलाएका थिए सो कुरा विष्णुका परिवारले प्रहरीलाई जानकारीसमेत गराइसकेका थिए। तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरेको थियो। उक्त शव तिनै दुई युवाको रहेको पुष्टि भएपछि अहिले परिवारसहित गाउँ नै शोकमा डुबेको छ।

मृतक दुवैजनाको परिवार यसअघि वडा नम्बर १३ मै एकैठाउँ बस्दै आएको भए पनि अंशबण्डापछि अलग अलग भएका थिए। मृतक बिष्णु र रोहितका बाजे नातामा भाइभाइ हुन्।शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको बताइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

सरस्वती आधारभूत विद्यालयको अध्यक्षमा भोलानाथ दाहाल

सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.