हेटौँडा । माघ १६ गते सहिद दिवसको अवसरमा जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता हुने भएको छ । हेटौँडा उपमहानगरपालिका ४ नंकर वडा कार्यालयको आयोजना र श्यामप्रसाद स्मृती प्रतिष्ठान मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको ४ नंबर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । प्रतियोगितामा प्रथम ७ हजार ५ सय, द्वितीय ५ हजार ५ सय, तृतीय ३ हजार ५ सय र सान्त्वना दुई जनालाई एकएक हजार राखिएको वडा अध्यक्ष सिग्देलले बताए । साहित्यलाई प्रतिस्पर्धाद्वारा प्रवर्द्वन गर्ने र सहिदको सम्मान र भूमिका स्थापित गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष सिग्देलको भनाई छ । कार्यक्रममा जिल्लाभरका ईच्छुक व्यक्ति सहभागी हुन पाउने श्याम प्रसाद प्रतिष्ठान मकवानपुरका सचिव सुवाश खनालले जानकारी दिए । सहिद विषयमा र शीर्षक स्वच्छिक हुने खुल्ला कविता प्रतियोगिता पशुपती मन्दिर हेटौँडा ४ मा १६ गते ११ः३० बजे शुरू हुने सचिव खनालले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1