नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई दिइएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।यसअघिका प्रवक्ता टेकप्रसाद राईको सरुवा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ भएपछि पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


Facebook Notice for EU!
You need to login to view and post FB Comments!
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1