• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमतीमा ३ मन्त्रालय कटौती गरेर ११ वटा बनाइने

✎ शुभसमय२०७९ माघ १० गते, मंगलवार १६:२९ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा : बागमती प्रदेशमा तीनवटा मन्त्रालय कटौती गरिने भएको छ। प्रदेशमा हाल कायम १४ मन्त्रालयबाट तीनवटा मन्त्रालय कटौती गरिने भएको हो।मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गठन गरेको मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलले ९ वा ११ मन्त्रालय राख्न सरकारलाई सुझाव दिएको छ। मङ्गलबार मुख्यमन्त्री जम्मकट्टेललाई प्रतिवेदन बुझाएको समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न सुझाएको छ।

कार्यदलका संयोजक मुकुन्दप्रसाद निरौलाका अनुसार प्रदेशमा हाल रहेका १४ मन्त्रालयको प्रतिमन्त्रालय प्रत्येक वर्ष सेवा सुविधामा मात्रै ७३ लाख खर्च भइरहेको छ भने काम पनि त्यति प्रभावकारी छैन। त्यसैले शुरुवातमा कायम रहेका ७ मन्त्रालय कायम गर्दै दुईवटा मन्त्रालय गठन गर्न समितिले सुझाव दिएको छ।

त्यसैगरी प्रदेशसभाको १० प्रतिशतको दरले सरकारले ११ वटा मन्त्रालय पनि राख्न सक्ने समितिको सुझाव छ।कार्यदलको सुझावसहितको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले ११ वटा मन्त्रालय राखिने बताए। तत्काल ३ वटा मन्त्रालय कटौती गर्दै ११ मन्त्रालय राखिने र राज्यमन्त्री नराख्ने उनको भनाइ छ। मुख्यमन्त्री जम्मकट्टेलले मङ्गलबार नै बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रतिवेदन पास गरेर छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिने  बताए।

अब बागमतीमा उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयलाई कटौती गरी अन्यमा गाभिनेछ। शुरुवातमा ७ वटा मन्त्रालय रहेको बागमती प्रदेशकी दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई विभाजन गर्दै ८ वटा पुर्‍याएकी थिइन्।

त्यसपछि प्रदेशका तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलहरूमा भागबण्डा पुर्‍याउन ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए। भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेपछि मुख्यमन्त्री पाण्डे र बागमती प्रदेशको देशैभर आलोचना भएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.