• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमतीका नवनियुक्त ८ मन्त्रीले लिए शपथ

✎ शुभसमय२०७९ माघ ११ गते, बुधबार १४:५६ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा : बागमती प्रदेश सरकारका नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका ८ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री जम्मकट्टेलले गठन गरेको अध्ययन कार्यदल समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न दिएको सुझावअनुसार ११ मन्त्तालय राख्ने निर्णय भएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ।विस्तारमा सत्तारुढ गठबन्धनको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४, नेकपा एमालेले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ मन्त्री पाएको छ। माओवादीले यसअघि नै मुख्यमन्त्री पाइसकेको थियो भने एमालेबाट पनि दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै अर्थमन्त्रीको शपथग्रहण गरिसकेका थिए।

त्यसैगरि राप्रपा संसदीय दलका नेता उद्धव थापा विना विभागीय मन्त्री बनेका थिए। थापाले बुधबार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाबाट अरु दुईजना मन्त्री बनेका छन्।बुधबार नेकपा माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकासमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । 

नेकपा एमालेबाट केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र एकालाल श्रेष्ठ रोजगार तथा यातायातमन्त्री बनेका छन्।

राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरणमन्त्री बनेका हुन्। योसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.