प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै फेरबदल नआउने बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता समीकरण बद्लिने संभावना नरहेको बताएका हुन्।
राजनीतिक समीकरण फेरबदल हुन लागेको हो ? भन्ने संचारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘होइन, होइन त्यस्तो केही हुँदैन।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिन लागेको हो ? भन्ने अर्को प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, मैले बुझेसम्म उहाँहरुले फिर्ता लिनुहुँदैन।’
सरकारमा रहने नरहनेबारे निर्णय गर्न अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।