• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढी गाउँपालिकामा माओवादी केन्द्रले बुझायो ज्ञापनपत्र,सरकारका काम प्रति असन्तुष्टि

✎ शुभसमय२०८० आश्विन ३० गते, मंगलवार २२:११ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

३० असोज,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिको कामलाई लिएर असन्तुष्टी राख्दै सरकारको साझेदार दल नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटीले मंगलबार गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधिहरुले ब्यबस्थाको मर्म अनुसार समान बितरण र जनमुखी कार्यक्रम गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष राजकुमार खड्का र ईन्चार्ज सरोज खनालद्धारा हस्ताक्षरित ज्ञापनपत्र गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानको अनुपस्थितिमा उपाध्यक्ष मानकुमारी पाख्रीनलाइ बुझाएको हो । गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षहरुले मनोमानी ढङ्गले काम गर्दा जनतामा तिब्र असन्तुस्टी देखिएको भन्दै गलत कामको साक्षी नेकपा माओबादी केन्द्र बन्न नसक्ने अध्यक्ष राजकुमार खड्काले बताउनुभयो । पार्टिले गाउँपालिका भित्र देखिएका ब्यथितिहरुलाइ १४ बुदामा समेटेर ज्ञापनपत्र बुझाएको उपाध्यक्ष युबराज सापकोटाले बताउनु भयो ।
ज्ञापनपत्रमा सामाजिक सुरक्षा भत्ता बितरणमा सहजता हुनु पर्ने , उत्पादनमा आधारित दुग्धमा दिईरहेको प्रतिलिटर अनुदान लाई नियमित गर्नु पर्ने, निति र कार्यक्रम तय गर्दा र बजेट बाँडफाँड गर्दा गठबन्धन तथा सर्बदलिय समन्वय गर्नु पर्ने , उत्पादनमा आधारित बजेट निर्माण हुन नसकेकाले त्यसमा ध्यान दिनु पर्ने, स्थानिय सरकारको २ बर्षे नीति तथा कार्यक्रम गन्तब्य बिहिन देखिएकोले दीर्घकालीन र जनमूखी नीति कार्यक्रमहरु तयार गर्नु पर्ने, राजश्व ब्यबस्थित गर्नु पर्ने, प्रशाशनिक संयन्त्र कमजोर रहेकाले सुधार गर्नु पर्ने, जग्गाको बर्गीकरण संगै अब्यबस्थित बसोबासी , भुमिहिन सुकुमबासी समस्याको समाधान गर्नु पर्ने, भु माफियाले आफ्नो कब्जामा बाँझो राखेको जमीन किसानको पहुँचमा ल्याउने निति अबलम्बन गर्नु पर्ने, शिवम सिमेन्टद्धारा उत्खनन् गरिएको चुनढुङ्गा खानीका कारण प्रभाबित मानब बस्ती खेति योग्य जमीन कानुन बमोजिम संरक्षण गर्नु पर्ने , शिक्षाको गुणस्तर बृद्धिका लागि यथेष्ट योजना नदेखिएको पत्रमा उल्लेख गरिएको छ ।
साथै पालिका भित्र रहेका मुल सडकलाई स्तरोनति गर्दै पक्की बनाउनुको सट्टा भित्री सडकहरु पालिकाको प्राथमिकतामा परेको, बिशेष परिस्थितिमा पालिकाले अमानतमा राजश्व उठाई रहँदा कुन कार्यबिधिमा रही कर्मचारी नियुति गरिएको भन्दै प्रश्न गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले ज्ञापनपत्रमा उठाएको बिषय गाउँपालिकाको हितमा भएकाले आगामी कार्यपालिका बैठकमा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले ज्ञापनपत्रमा उल्लेख गरिएको कुरालाइ आफुले सुझावको रुपमा लिएको र आफू पालिकामा रहँदा सम्म पालिकाबासीको हितमा काम गर्ने बताउनु भयो । उहाँले आफू यस पालिकामा आएको छोटो समय भएकाले यहाँको समस्या पहिचान गरि त्यस्लाइ सुधारगर्दै लैजाने पनि बताउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

आजबाट रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

फोहोरको थुप्रोमा दुई शिशुको शव भेटियो

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.