
२ कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड फुटबल प्रतियोगिता फाइनलमा आयोजक गढी स्टार क्लब र प्रतिभा युवा क्लब बिच खेल हुने भएको छ ।
त्यस्तै तेस्रो स्थानको लागी कालिखोला स्पोर्ट्स क्लब र सेर्गे गुम्बा बिच शुक्रबार बिहान ८ बजे खेल हुनेछ । फाइनल खेल पनि शुक्रबार नै बिहान ९ बजे तय गरिएको आयोजक गढी स्टार स्पोर्ट्स क्लबका सचीव बिदुर हुमागाईले बताउनुभयो । फाइनल खेल लगत्तै समापन कार्यक्रम गरिने पनि उहाँले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका भित्रका १८ ओटा टिमले खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम , दितिय र तृतीय स्थान हाँसिल गर्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पाउनुका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजन तथा वडा नम्बर ३ मा रहेको गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा भानु मिनिपिच (फुटसल) मक्रान्चुलीमा खेल भइरहेको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् एवम् छट पर्व २०८० को पावन अवसरमा गाउँपालिका स्तरीय रनिङ्ग सिल्ड फुटबल प्रतियोगिताको छैटौं संस्करणको खेल आयोजना गरिएको हो ।