हेटौंडा–काठमाण्डौं चल्ने टाटासुमोहरुले निरन्तर रुपमा यात्रुसंग ठगी गरिरहेका छन् । हेटौंडाका सबैजसो सुमो कम्पनिहरुले चालक वा दलाल मार्फत यात्रुहरुलाई निरन्तर रुपमा ठगि गरिरहेका छन् ।


दशैको घटस्थापना देखि नवमीको दिन सम्म काठमाण्डौंबाट हेटौंडा आउँदा यात्रु संग ठगी गरेका सुमोहरुले अहिले भने हेटौंडाबाट काठमाण्डौं जाँदा यात्रुलाई दोब्बर भन्दा धेरै भाडा लिएर ठगि गरिरहेका हुन् ।
हेटौंडामा टाटा सुमोका मालिक र चालक मिलेर सुमोको कृतिम अभाव सृजना गरेर यात्रु संग लुट मच्चाउँदा पनि मकवानपुरको प्रशासन र प्रहरीले भने ठगिमा पक्राउ गरेर कार्बाही गर्नुको सट्टा अहिले सम्म छुट दिएको छ । तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले भने दशै अगाडी देखि अहिले सम्म ६ वटा सुमोले बडी भाडा लिएको पाइएकाले एक हजार देखि पाँच हजार रुपैयाँ सम्म जरिवाना लिएको बताउनुभयो ।
हरेक दिन हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्गमा ५ सय सुमो सञ्चालन हुँदै आएका छन् । प्रत्यम सुमोले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । सुमोहरुले हरेक दिन यात्रुहरुलाई ठगि गर्दा पनि सबै पक्ष मौन रहेको हेटौंडा–११ का बिनोद सापकोटा बताउनुहुन्छ । दशै अगाडी हेटौंडा आउँदा पनि सुमोहरुले ठगि गरिरहेको र अहिले जाँदा पनि ठगि गरेको उहाँले बताउनुभयो । दशै अघि देखि यात्रु ठग्न थालेका टाटासुमोहरुले मकवानपुर प्रशासनको मौनतको फाइदा उठाउँदै हेटौंडाबाट काठमाण्डौं जाँदा र काठमाण्डौंबाट हेटौंडा आउँदा प्रत्यक यात्रुसंग एक हजार देखि १५ सय रुपैयाँ सम्म भाडा लिइरहेका छन् ।
सरकारकारले तोकिएको भाडादर हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्दा एक तर्फबो भाडा ६५० रुपैयाँ हो । तर, टाटासुमोको कृतिम अभाव सृजना गरेर १३ सय रुपैयाँ सम्म लिएको यात्रुहरु बताउँछन् । दशै अघि हेटौंडाका ठाउँ- ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्षमा बसेका प्रहरी र सधै सडकमा चेकिङ गर्ने मकवानपुरको ट्राफिक प्रहरी पनि रमिते बनेर बनेको छ । अन्त सबैतिर सडकमा चेकजाँच गरेपनि दशै लागेपछी र सकिएपछी सुमोलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको गरेको जस्तो गरेपनि ठगि गर्ने सुमोका मालिक, चालक र तिनका दलाललाई पक्राउ गरेर कार्बाही गर्न सकेको छैन ।
दशै सकिएपछी दैनिक हेटौंडाबाट काठमाण्डौं जाने सुमोले प्रत्यक यात्रुसंग सुमोले तोकिएको भन्दा बढी भाडा असुल गरेर ठगि गर्दा पनि अनुगमन समेत गर्ने जिम्मा पाएको मकवानपुर प्रशासन पनि चुप लागेर बसेको छ । प्रशासनले हाल सम्म पनि यस विषयमा अनुगमन गरेको भनेपनि ठगिमा कार्बाही गरेको छैन ।
तर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईले आफु र एसपीकै नेतृत्वमा दशैको टिका लगतै देखि दुइ दिन अनुगमन गरेको र ठगि गरेको प्रमाण फेला नपारेको बताउनुभो । सुमोहरुले १३ सय रुपैयाँ सम्म भाडा लिएको भन्ने गुनासो गरेको भएपनि टिकट हेर्दा तोकिएकै भाडा देखिने र प्रमाण सहित उजुरी गर्न नआएकाले कार्बाही गर्न समस्या भएको उहाँले बताउनुभयो ।