आज अक्टोबर २९ अर्थात आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पक्षघात दिवस मनाइँदै छ ।


हरेक वर्ष झै आज पनि ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी उक्त दिवस मनाइने भएको हो ।
मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमानुलाई नै पक्षघात भनिन्छ ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन् । यसको समयमै उपचार हुन नसके मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1