• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

सयपत्री फूलको खेती बढ्दै, चाँडै फुलेका फूल एक हप्तासम्म भण्डारण गर्न सकिने

✎ शुभसमय२०८० कार्तिक १३ गते, सोमबार ११:४४ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

तिहार नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा सयपत्री, मखमली र गोदावरी फूल ढकमक्क फुल्न थालेका छन् । तिहारमा विशेष गरेर सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग  हुन्छ । त्यसमा पनि सयपत्री फूलको प्रयोग बढी हुन्छ ।

मखमली र गोदावरी फूल स्वदेशकै उत्पादनले पुग्ने भए पनि सयपत्री फूल भने भारतबाट समेत आयात हुने गरेको छ । तर बर्सेनि सयपत्री फूलको खेती बढ्दै गएकाले आयात घट्न थालेको फ्लोरिकल्चर एसोसिएशन अफ नेपाल (फ्यान) ले जनाएको छ ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यसवर्ष मागको ८० देखि ८५ प्रतिशत सयपत्री फूल स्वदेशी उत्पादनले पुग्ने सम्भावना छ । देशभित्रै खेती विस्तार भएकाले सयपत्री फूलको मागअनुसार उत्पादन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

यसैबीच यस वर्ष तिहार ढिलो भएका कारण कतिपय ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् ।

चाँडै टिप्नुपर्ने सयपत्री फूल बढीमा एक हप्तासम्म मात्रै भण्डारण गर्न सकिने व्यवसायीहरु बताउँछन् । फ्यानका अध्यक्ष तामाङले कोल्डस्टाेरमा बढीमा ५ देखि ७ दिनसम्म मात्रै फूल भण्डारण गर्न मिल्ने बताउनुभयो । चाँडै फुलेका फूल बिक्री गर्नुपरेमा फ्लोरिकल्चर सहकारी संस्थाले पनि सहयोग गर्ने भएकाले सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

मकवानपुरमा बाघ खोज्दा भेटिएको शवको पहिचान खुल्यो

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु, श्रीमती पक्राउ

मकवानपुरका विकट गाउँमा गाँजा फडानी गर्न फेरी खटिए एक सय जनाको प्रहरी टोली

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.