परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । ५ सदस्यीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै मन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा उनले कार्तिक १३ गते वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, नेपाली-अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया लगायतका कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।
मन्त्री साउद कार्तिक १९ गते स्वदेश फर्किनेछन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1