• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८

    कोशी प्रदेशसभा : १० महिनापछि विषयगत समितिले पाए सदस्य

    २०८० कार्तिक २२ गते, बुधबार १५:०४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मिठाईको पर्व तिहारमा हेटौंडामा चिनी अभाव

✎ शुभसमय२०८० कार्तिक १९ गते, आईतवार १२:०७ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा । नेपालीहरुको दोस्रो ठुलो महान चार्ड तिहार नजिकिदै छ । तिहारमा धेरै होटलहरुले मिठाइ बनाएर बिक्री गर्ने गर्दछन् । तर, मिठाइ बनाउनका लागि चिनी अभाब भएको छ । चिनी अभावका कारण हेटौंडामा थप समस्या परेको छ । ठुला व्यापारीहरु देखि खुद्रा व्यापारीहरु सम्मले चिनिको कृतिम अभाब समेत सृजना गरेर महगो मुल्यमा बिक्री गरिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो । यस कारण पनि देशैभरी जस्तै हेटौंडामा पनि चिनिको अभाब भएको छ ।

हेटौंडाका प्रत्यक किराना पसलमा सहजमा सस्तो मुल्यमा पाउने चिनी अहिले कुनैपनि पसलहरुमा खरिद गर्न सहज छैन । महगो मुल्यमा पाउने भएपछी मात्र चिनि बिक्री गर्ने गरेको र त्यही अनुसार खरिद गरिएको हेटौंडा ४ का सिता सापकोटा बताउनुहुन्छ ।

सरकारले बेलामा चिनी खरिदका लागि पहल नगर्दा आमउपभोक्ताले अहिले यो समस्या भोग्नु परेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । सरकारलाई गएको असार र साउनदेखि नै चाडपर्वमा चिनी अभाव हुने भएकाले कम्तीमा पनि ७० हजार मेट्रिक टन चिनी चाहिन्छ भनेर प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराएका तर यस विषयमा सरकार मौन बसेकाले अहिले उपभोक्ता मारमा परेको उहाँको भनाइ छ । अध्यक्ष महर्जनका अनुसार बजारमा चोरीको चिनी पर्याप्त भित्रिएको छ । यस्तो चिनीबाट उपभोक्ता मात्रै होइन, सरकार पनि ठगिएको छ तर पनि सरकार संवेदनशील छैन । चिनी साउनमै खरिदका लागि प्रक्रिया अगाडि बढाएको भए अहिले देशमा चिनीको यो अवस्था नहुने भन्दै उहाँले सरकारको अकर्मण्यताको परिणाम भएको आरोप लगाउनुभयो ।

नेपाली बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी १५० रुपियाँदेखि १६० रुपियाँसम्म पुगेको छ । भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको थियो । मुलुकमा वार्षिक दुई लाख ८० हजार टन चिनीको माग रहेकामा यो वर्ष एक लाख टन मात्र उत्पादन भएको चिनी उत्पादक सङ्घको तथ्याङ्क छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
✎ शुभसमय

सम्वन्धित समाचार

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

मकवानपुरमा बाघ खोज्दा भेटिएको शवको पहिचान खुल्यो

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै

खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु, श्रीमती पक्राउ

मकवानपुरका विकट गाउँमा गाँजा फडानी गर्न फेरी खटिए एक सय जनाको प्रहरी टोली

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.