मौसम पूर्वानुमान महाशाखाले आव मौसम सामान्यतया सफा रहने जनाएको छ ।


महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताउँदै सो कुराको जानकारी गराएको हो ।
यस्तै, आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1