मकवानपुर प्रहरीले मकवानपुरको हेटौंडा–१५ रातोमाटेबाट आइतबार बिहान लागूऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्वर ८ बस्ने अन्दाजी ४० वर्षीय मंगल थोकर, १८ वर्षीय दिपक मोक्तान र ५० वर्षीय बुद्धि मोक्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनीहरुलाई पूर्व–पश्चिम सडकखण्डस्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, नारायणघाटबाट विरगञ्जतर्फ जाँदै गरेको ना.४ ख ५९२२ नम्वरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवारी उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।