हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।


गत कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।
एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए ।
विपद्मा परेका नागरिकहरुलाई थोरै भएपनि आ–आफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय भएको उनले बताए । बागमती प्रदेश सभामा एमालेका २७ जना प्रदेश सांसदहरु रहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1